ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

यो साता तोलामा १७ सय रुपैयाँ बढ्यो सुनको भाउ

२०८० जेठ, १३  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । यो साता सुन (Gold)को भाउ तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतवार तोलाको १ लाख १० हजार रहेको सुनको भाउ शुक्रवार १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस अवधिमा सुनको भाउ उतारचढाव देखियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुन आइतवारकै मूल्यमा किनबेच भयो । मंगलवार भने सुनको भाउ तोलामा ८०० रुपैयाँ घटेर १ लाख ९ हजार २०० रुपैयाँ कायम भयो ।

बुधवार भने सुनको भाउ बढ्यो । उक्त दिन सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेर १ लाख ९ हजार ८०० रुपैयाँ तोकियो । भोलिपल्ट (बिहीवार) सुनको भाउ तोलामा १ हजार घटेर १ लाख ८ हजार ८०० रुपैयाँ कायम हुँदा शुक्रवार तोलामा ५०० रुपैयाँ घट्यो । 

यो साता चाँदी (Silver)को भाउ पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको छ । गत आइतवार १ हजार ३८५ रहेको चाँदीको भाउ शुक्रवारसम्म पुग्दा घटेर १ हजार ३४५ कायम भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)