ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वित्तीय खर्च बढ्दा पिपुल्स पावर ४६ लाखभन्दा बढी नोक्सानीमा 

२०८० जेठ, १४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पिपुल्स पावर लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४६ लाख ४८ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. ४१ लाख १३ हजार खुद नाफामा रहेको कम्पनी यस वर्ष वित्तीय खर्च बढेका कारण नोक्सानीमा गएको हो । गत वर्ष रू. ५५ लाख ८७ हजार वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष रू. १ करोड ८ लाखभन्दा बढी गरेको हो ।

विद्युत विक्री आम्दानी गत वर्ष रू. १ करोड ४० लाखभन्दा बढी भएकोमा यस वर्ष रू. १ करोड ७७ लाखभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६३ करोड २६ लाख रहेको छ भने जगेडा कोष रकम रू. १ करोड ९० लाखभन्दा बढी ऋणात्मक छ ।

सुरक्षित कर्जा गत वर्ष रू. ३६ करोड रहेकोमा यस वर्ष पनि सोही बराबर रहेको छ । तेस्रो त्रैमाससम्म रू. शून्य दशमलव ७३ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९६ दशमलव ९९ रहेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)