काठमाडौं । नेपाली बजारमा आइतवार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन सुन १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासघंका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कायम भएको थियो ।