काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले १५ औं वार्षिक साधारणसभा असार ४ गते गर्ने भएको छ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले वार्षिक साधारण सभा काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बिहान १० बजेबाट शुरू हुने जानकारी दिएको हो ।
सभाले बैंक तथा वित्तीय संस्थाबाट कम्पनीको चुक्तापुँजीभन्दा बढी ऋण लिने विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको अधिकृत पुँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ (क) संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । त्यस्तै सभाले कम्पनीमा सर्वसाधारण शेयरधनीहरूका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन पनि गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ २५ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा जेठ २४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।