ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिपिडब्लु र सामुदायिक लघुवित्तले पाए मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

२०८० जेठ, १४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक आपसमा मर्जरमा जान नेपाल राष्ट्र बैंकले सहमति प्रदान गरेको छ ।

यी दुवै कम्पनीले नेपाल राष्ट्र बैंकसमक्ष मर्जर सम्बन्धी विनियमावली, २०७३ अनुसार फागुन २९ गते दिएको संयुक्त निवेदनमा माग गरेअनुसार राष्ट्र बैंकबाट जेठ ३ गते सैद्धान्तिक सहमति प्राप्त भएको हो ।

यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने/गाभिने वा मर्जरमा जाने सम्बन्धमा गत पुस १ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । अब यी दुवै कम्पनीको वार्षिक साधारण सभाले मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गरी संस्थाको जोखिम मूल्यांकन तथा सम्पत्ति विवरणसम्बन्धी मूल्यांकनपश्चात् स्वाप रेशियो तय हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)