काठमाडौं । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकको सहायक कम्पनी एनआईबीएल एस क्यापिटलले साविक मेगा बैंकको मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गर्ने भएको छ ।
एनआईबीएल एस क्यापिटलले १ः१ को स्वाप रेसियोमा मेगा क्यापिटललाई प्राप्ति गर्ने जानकारी दिएको छ । समान हैसियतमा गाभिने प्रस्ताव पारित गर्न यी दुवै क्यापिटलले जेठ २९ गते विशेष साधारण सभा बोलाएका छन् ।
मेगा क्यापिटल मार्केट्सले विशेष साधारण होटल क्राउन इम्पेरियल रविभवनमा र सोही दिन एनआईबीएस एस क्यापिटलले क्यापिटलको सभाहल लाजिम्पाट काठमाडौंमा सभा गर्ने जानकारी गराएका छन् ।
यी दुवै क्यापिटलको विशेष साधारण सभाले डीडीए प्रतिवेदन र समझदारीपत्र लगायत पारित गर्नेछन् । यस्तै प्राप्तिको काम कारबाही सम्पन्न गर्न सञ्चालक समितिलाई अधिकार दिँदै छ । नेपाल इन्भेष्टमेण्ट बैंकले मेगा बैंकलाई ९० रुपैयाँ प्रतिकित्ताका दरले मर्जर गरेको थियो । मर्जरपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको रूपमा कारोबार भइरहेको छ ।