ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दु भएर भूकम्प

२०८० जेठ, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

सिन्धुपाल्चोक । जिल्लाको गोल्चे केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)