ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चामल निर्यात ४४ प्रतिशतले घटाउँदै भियतनाम

२०८० जेठ, १४  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । भियतनामले चामलको निर्यात आधा घटाउने भएको छ । सन् २०३० सम्ममा चामलको निर्यात घटाएर वार्षिक ४० लाख टनमा झारिने सरकारको निर्यात रणनीतिमा उल्लेख छ । निर्यातको यो आकार गएको वर्षको भन्दा ४४ प्रतिशत कम हो । गएको वर्ष उसले ७१ लाख टन चामल निर्यात गरेको थियो ।

भियतनाम भारत र थाइल्यान्डपछि विश्वको तेस्रो ठूलो चामल निर्यातकर्ता हो । उच्च गुणस्तरको चामलको निर्यात बढाउन, घरेलु स्तरमा खाद्यान्न सुरक्षा सुनिश्चित गर्न, वातावरणको सुरक्षा गर्न र जलवायु परिवर्तनसँग अनुकूलनका लागि सो पहल गर्न लागिएको सरकारी दस्तावेजमा भनिएको छ ।

सन् २०३० सम्ममा भियतनामको चामल निर्यात गरेर हुने आम्दानी २ अर्ब ६२ करोड डलरमा आउनेछ । सन् २०२२ मा विश्व बजारमा चामल बेचेर भियतनामले ३ अर्ब ४५ करोड डलर कमाएको थियो । जलवायु परिवर्तनका कारण भियतनामको धान खेती गर्ने जग्गा खुम्चिरहेको छ ।

किसानहरूले पनि धान खेती गर्न छाडेर अरु बालीतिर लागेका छन् । केही किसानहरूले फलफूल खेती गर्न शुरु गरेका छन् । तर, अधिकांश अझै पनि जीविकाका लागि धानखेतीमै निर्भर छन् । सरकारले एउटै देशमाथिको निर्भरता कम गर्न निर्यात बजारमा पनि विविधीकरण गर्न बताइएको छ । गएको वर्ष भियतनामले बेचेको ४५ प्रतिशत चामल फिलिपिन्सले किनेको थियो । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)