ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सञ्चालनमा आएकामध्ये आधा सार्वजनिक संस्थान घाटामा, 'सञ्चालन र व्यवस्थापनमै समस्या'

२०८० जेठ, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सरकारले शेयर तथा ऋण लगानी गरेका ४४ ओटा सार्वजनिक संस्थानमध्ये २५ ओटा संस्थान मात्र नाफामा रहेको अर्थमन्त्री डा/ प्रशाशरण महतले बताएका छन् ।
सरकारले गत असार मसान्तसम्म सबै संस्थानमा गरेर ६ खर्ब १८ अर्ब रुपैयाँ शेयर तथा ऋण लगानी पुगेको छ । सरकारले यो अवधिमा गरेको लगानीको ६ अर्ब १६ करोड रुपैयाँ लाभांश प्राप्त गरेको छ । जुन लगानीको १ प्रतिशत बराबर मात्रै हो ।

महतले सार्वजनिक संस्थानको सञ्चालन र व्यवस्थापनमै समस्या देखिएको जिकिर गरेका छन् ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेस गर्दै उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

“विगतमा सार्वजनिक संस्थानले मुलुकको आर्थिक सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि समयक्रममा खासगरी सञ्चालन एवम् व्यवस्थापनमा देखा परेका कमि कमजोरीका कारण समग्र वित्तीय स्थिति सन्तोषजनक नरहेको अवस्था छ”, अर्थमन्त्री महतले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)