काठमाडौं । सरकारले चालू आर्थिक वर्ष (आव) २०७९/८० को आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतवार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ । गत आवमा भने नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा ५.२६ प्रतिशत थियो ।
आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. महतले विश्व आर्थिक मन्दीका कारण यस वर्ष नेपालको अर्थतन्त्रसमेत प्रभावित भएकाे बताए ।