ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुल गार्हस्थ्य उत्पादनमा वित्तीय क्षेत्रको योगदान ७.४ % हुने अनुमान

२०८० जेठ, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं।  चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ७.४ प्रतिशत हुने अनुमान गरिएको छ । 

सरकारले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वितीय तथा बीमा क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर बढ्ने अनुमान गरेको छ । 

आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ६.९ प्रतिशत थियो । 

यस्तै, विगत १० वर्षमा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा औसत योगदान ६.१ प्रतिशत र वृद्धिदर ६.६ प्रतिशत रहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)