ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक सर्वेक्षण : जीडीपीमा कृषिको योगदान घट्ने !

२०८० जेठ, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिको योगदान घट्ने प्रक्षेपण गरिएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आइतवार सङ्घीय संसद्मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा यस्तो देखाइएको हो । प्रतिवेदन अनुसार चालू आवमा जीडीपीमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत रहने अनुमान गरिएको छ । गत आवमा यो योगदान २४.७ प्रतिशत थियो । 

यस्तै, जीडीपीमा उद्योगको योगदान पनि घट्ने प्रक्षेपण गरिएको छ । चालू आवमा १३.५ प्रतिशत रहेको यो योगदान गत आवमा १४.१ प्रतिशत थियो । 

जीडीपीमा सेवा क्षेत्रको योगदान भने बढ्ने अनुमान गरिएको छ । चालू आवमा यो योगदान ६२.४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । गत आवमा यो योगदान ६१.२ प्रतिशत थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)