ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु इन्स्योरेन्ससहित तीन कम्पनीको बोनस शेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

२०८० जेठ, १४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको कुल १ करोड २६ लाख ३३ हजार २५८ दशमलव ५८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ११ लाख ३१ हजार १८ दशमलव ०७ कित्ता, प्रभु इन्स्योरेन्सको ८ लाख ६४ हजार १०६ दशमलव ७६ कित्ता र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १ करोड ६ लाख  ३८ हजार १३३ दशमलव ७५ कित्ता गरी कुल १ करोड २६ लाख ३३ हजार २५८ दशमलव ५९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । 

हाइड्रोइलेक्ट्रीसिटीले गत पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै स्वरोजगार लघुवित्तले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २२ प्रतिशत बोनस शेयर र प्रभु इन्स्योरेन्सले फागुन २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ७० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)