ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेगा म्युचुअल फण्ड-१ को नोक्सानी बढ्यो 

२०८० जेठ, १५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड-१ को नोक्सानी चैत महीनाको तुलनामा वैशाख महीनामा बढेको छ । चैत मसान्तसम्म रू. ४ करोड १४ लाखभन्दा बढी नोक्सानीमा रहेको योजना वैशाख मसान्तसम्म रू. ७ करोड ५ लाखभन्दा बढी नोक्सानीमा रहेको हो ।

योजनाको जम्मा आम्दानी वैशाख मसान्तसम्म रू. ५ करोड ४८ लाखभन्दा बढी ऋणात्मक छ । यो रकम चैत मसान्तसम्म रू. २ करोड ७२ लाखभन्दा बढी ऋणात्मक थियो । जम्मा आम्दानी ऋणात्मक रकम वैशाखमा बढ्दा नोक्सानीसमेत बढेको हो । साथै योजनाको खर्चसमेत वैशाखमा बढेको छ ।

चैत मसान्तसम्म रू. १ करोड ४१ लाखभन्दा बढी खर्च गरेको योजनाले वैशाख मसान्तसम्म रू. १ करोड ५७ लाखभन्दा बढी खर्च गरेको हो । योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य वैशाख मसान्तसम्म रू. ८ दशमलव शून्य ८ कायम भएको छ । यो मूल्य चैत मसान्तसम्म रू. ८ दशमलव ३१ रहेको थियो ।

धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले वैशाख मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिसन र कारोबार शुल्कसमेत रू. १ अर्ब १६ करोडभन्दा बढी रहेको छ । कम्पनीले गरेको लगानीको कुल मूल्य भने रू. ९७ करोड ५६ लाखभन्दा बढी छ । कुल लगानीमा योजनाले बैंक मुद्दती निक्षेपमा रू. १० करोड लगानी गरेको छ ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना २०७८ साल भदौ २३ गतदेखि सञ्चालनमा रहेको छ । योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)