काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले २४ हजार ८७१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । यसमा कम्पनीका संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।
शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरीद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ । सो समयभित्र कुनै पनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थाले शेयर खरीद गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।