ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु सेलेक्ट फण्डले कमायो रू. ४ करोड ३५ लाख नाफा, अन्य सूचक कस्ता  ?

२०८० जेठ, १५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार फण्डले वैशाख मसान्तसम्म रू. ४ करोड ३५ लाख नाफा कमाएको छ । चैत मसान्तमा भने फण्डले रू. ५ करोड ९४ लाख नाफा कमाएको थियो । यस आधारमा फण्डको नाफा केही घटेको छ ।

चैतको तुलनामा वैशाखमा फण्डको आम्दानी घटेकाले नाफा घटेको हो । चैत मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. ७ करोड ६६ लाख रहेकोमा वैशाख मसान्तमा रू. ६ करोड २६ लाखमा झरेको छ ।

नाफासँगै फण्डको न्याभ पनि घटेको छ । चैत मसान्तसम्म फण्डको न्याभ १० रुपैयाँ २९ पैसा रहेकोमा वैशाख मसान्तमा १० रुपैयाँ १७ पैसामा कायम भएको हो । त्यस्तै फण्डले चैत मसान्तसम्म सूचीकृत शेयरमा रू. ५४ करोड ४९ लाख लगानी गरेकोमा वैशाख मसान्तसम्म रू. ५३ करोड लगानी गरेको छ । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)