काठमाडौं । सरकारले बजेट मार्फत स्वदेशी मदिरा उत्पादकले गुणस्तरीय मदिरा उत्पादन गरी अन्तरराष्ट्रिय बजारमा नेपाली ब्राण्डका मदिरा निर्यात प्रवर्द्धन गर्न 'एक्स्ट्रा न्यूट्रल अल्कोहल' स्प्रिटलाई रिडिस्टिलेसन गर्नसक्ने व्यवस्था मिलाइने जनाएको छ।
वातावरण प्रदुषण नियन्त्रणमा सहयोग पुर्याङउने हेतु गुट्खा तथा सूर्ती उद्योगले अन्तःशुल्क लाग्ने वस्तु प्याकिङ्ग गर्दा प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुको सट्टामा २०८१ वैशाख १ गते देखि अनिवार्यरूपमा जैविक रुपमा सडेर जाने 'वायो डिग्रेडेवल' जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने भएको छ।