ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किसानलाई हावापानी सुहाउँदो मौरीका घार वितरण गर्दै पोखरा महानगरपालिका

२०८० जेठ, १६  
समाचार गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सांकेतिक तस्वीर

गण्डकी । कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा मौरीका घार वितरण गर्न थालेको छ । ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत महानगरपालिकाले घार वितरण गर्न लागेको हो ।

पोखरा-१६, २०, २८ र ३० वडालाई माहुरी पकेट क्षेत्रका रूपमा अघि बढाउँदै ५० प्रतिशत अनुदानमा मौरीका घार वितरण गर्न लागिएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । कृषकलाई करीब रू. १ करोड बराबरको मौरीका घार ५० प्रतिशत अनुदानमा कृषकलाई उपलब्ध गराइने र त्योसँगै सूर्यमुखी फूलको बीउ, टोपी, स्टेन्ड आदि पनि वितरण गरिने उनले बताए ।

यसैबीच पोखरा-२० को कार्यालयले ६४ किसानलाई मौरीको घार वितरण गरेको छ । पोखरा-२० भलाममा आयोजित एक कार्यक्रमबीच वडा अध्यक्ष गंगाबहादुर केसी र पोखरा महानगरपालिका कृषि शाखा प्रमुख मनोहर कडरियाले संयुक्त रूपमा किसानलाई मौरीको घार वितरण गरेका हुन् । 

वडाअध्यक्ष केसीले किसानलाई समस्या परेमा तत्काल प्राविधिक सहयोग उपलब्ध गराइने उल्लेख गर्दै उत्पादित महको बजार व्यवस्थापनको जिम्मा वडा कार्यालयले लिने बताए । 

कृषि महाशाखा प्रमुख कडरियाले २-४ पैसाको लोभमा बाहिरी जिल्लाबाट ल्याइएका मौरी खरीद नगर्न अनुरोध गर्दै त्यसरी खरीद गरिएका मौरीको हावापानी नमिल्ने भएको हुँदा मौरी मारेर क्षति हुन सक्ने बताए । पोखराको हावापानी सुहाउँदो मौरी पाल्न सजिलो होस् भनेर कृषि महाशाखाले पोखराकै किसानद्वारा उत्पादित मौरीका घार वितरणमा जोड दिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)