ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१५ वर्ष अघि नै वार्षिक अर्बौमा निर्यात हुन्थ्यो ढुङ्गा गिट्टी, यस्तो छ १४ वर्षको निर्यात

२०८० जेठ, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत ढुंगा गिट्टीको निर्यात खुला गर्ने घोषणा गरेसँगै विगतमा ढुंगा गिट्टीको निर्यात कस्तो रहेछ, कुन आयतनमा निर्यात हुँदो रहेछ भन्ने सर्वत्र जिज्ञासा छ । 

यो जिज्ञासा मेट्ने क्रममा नेपालबाट ढुंगा गिट्टी निर्यातको विगत १४ वर्षको तथ्यांक र ढुंगा गिट्टी निर्यात नभएको वर्ष समेत उल्लेख गरी यहाँ आँकडा प्रस्तुत गरिएको छ । 

नेपाल सरकारले ढुंगा गिट्टीको पुनः निर्यात खुला गर्ने गर्ने घोषणा गरेपछि निर्माण सामग्रीको मूल्य घट्ने आशामा उत्तर भारतमा खुशियाली सृजना भएको छ भने ढुंगा व्यवसायीको विगत लामो समयदेखिको माग पूरा भएपछि उनीहरू उत्साहित छन् ।

नेपालमा ढुंगा गिट्टीको निर्यात खुला भएको समयमा यो निर्यात रू. अर्बको हाराहारीमा हुने गरेकोमा अब फेरि निर्यात खुला भएपछि ढुंगा गिट्टीको निर्यात अर्बौंमा पुग्ने र यसले भारततर्फको व्यापारघाटा न्यूनीकरण गर्न धेरै मद्दत मिल्ने देखिन्छ । वातावरणविद्हरू चिन्तित देखिए तापनि अर्थविद्हरू भने सरकारको उक्त निर्णयप्रति सकारात्मक छन् ।

तथ्याङ्क अनुसार सन २००८/०९ देखि २०१३/१४ सम्मको ६ वर्षमा नेपालले साढे सात अर्ब रुपैयाँको ढुङ्गा गिट्टी निर्यात गरेको थियो । उक्त समयमा निर्माण सामाग्रीको मूल्य र माग दुवै थोरै हुँदा पनि वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी मूल्यको ढुङ्गा गिट्टी नेपालबाट निर्यात भएको देखिन्छ ।

तथ्याङ्क अनुसार सन २००८/०९, २०११/१२ र २०१३/१४ मा वार्षिक  डेढ अर्बरुपैयाँभन्दा बढीको ढुङ्गा गिट्टी निर्यात भएको थियो ।

अहिले ढुङ्गा गिट्टीको मूल्य निकै नै धेरै बढीसकेको र माग पनि बढेको समयमा नेपालले वार्षिक १ खर्ब रुपैयाँसम्मको ढुङ्गा गिट्टी निर्यात गर्न सक्ने अर्थविदहरूले दाबी गर्दै आएका छन् ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)