काठमाडौं । बुधबार एकैदिन सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढ्दा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार कायम हुँदै कीर्तिमानी रेकर्ड बनाएको छ ।
बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको नेपाल ससनचाँदी व्यावसायी महासंघले जनाएको छ । सरकारले बढाएको भन्सार महसुल र सुनको अन्तरराष्ट्रिय बजार मूल्यामा भएको वृद्धिले पहेंलो धातु सुनको मूल्य बढेको हो ।
महासंघकाअनुसार गत २१ वैशाखमा १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।
सरकारले बजेटमार्फत सुन र चाँदीको प्रति १० ग्राम भन्सार महसुल वृद्धि गरेपछि सुनमा प्रति १० ग्राम ३ हजार ९ सय र चाँदीमा १७ रुपैयाँ थप मूल्य बढेको हो । अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ९५७ डलर बढी पुगेको छ ।