ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सकियो महासंघको रोजगार मेला

२०८० जेठ, १८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको रोजगार मेला सम्पन्न भएको छ । मंगलवार र बुधवार चलेको मेलाले युवालाई महासंघसँग जोड्न सहयोग गरेको विश्वास महासंघकोे छ । 

श्रम मन्त्रालय र अन्तरराष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना गरिएको मेलामा नेपालमा रहेका ५४ ओटा प्रतिष्ठित कम्पनीको सहभागिता रहेको थियो । मेलामा कम्पनीहरूले रोजगारीका करीब ६०० अवसर खुला गरेका थिए । 
मेलामा कामको खोजीमा रहेका युवाको समेत सहभागिता रहेको महासंघको भनाइ छ । मेलामार्फत करीब १० प्रतिशतले रोजगारी प्राप्त गरेको प्रारम्भिक अनुमान छ । धेरैजसो कम्पनीले रोजगार मेलामा भाग लिन आएका युवालाई मेलापश्चात् थप छलफलका लागि कम्पनीको सम्पर्कमा आउन अनुरोध गरेका थिए ।

मेला समापन कार्यक्रमलाई सम्बोेधन गर्दैै महासंघका कोषाध्यक्ष निरक केसीले रोजगार मेलाले कामको खोजीमा रहेका युवालाई ठूलो सहयोग पुगेको बताए । पहिलो पटक आयोजित यो कार्यक्रमको अनुुभव समेतका आधारमा महासंघले अबका दिनमा यसलाई निरन्तरता दिने उनले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)