ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल–भारत सीमापार डिजिटल भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर, नेपाललाई के फाइदा ?

२०८० जेठ, १८  
समाचार प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल र भारतबीच सीमापार डिजिटल बैंकिङ कारोबार गर्ने सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा यो सम्झौतामा हस्ताक्षर भएको हो ।

यो सम्झौता लागू भएपछि नेपाल र भारतबीच क्यूआर कोडमार्फत कारोबार गर्न सकिनेछ । यसअघि कार्डबाट मात्र बैंकिङ कारोबार गर्न सकिने व्यवस्था थियो । अब डिजिटल भुक्तानी हुने भएको हो । 

नेपाल क्लियरिङ हाउस र भारतको तर्फबाट नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाबीच सम्झौता भएको हो ।  भारतीय पर्यटकहरू नेपाल आउँदा अब क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् । त्यस्तै नेपालीहरू भारत जाँदा पनि क्यूआर कोडबाटै भुक्तानी गर्न सक्ने छन् ।

सम्झौतापत्रमा नेपाल क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधान र  नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)