ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगातार तीन दिन घटेको बजार दोहोरो अंकले बढ्यो, सबै समूहमा हरियाली 

२०८० जेठ, १८  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कर दुविधाका कारण लगातार घटेको बजार बिहीवार भने दोहोरो अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशत अर्थात् १६ दशमलव ५४ अंक बढेर १ हजार ८६६ दशमलव ३४ विन्दुमा पुगेको छ । 

विशेषगरी करका विषयमा लगानीकर्ताको चित्त नबुझाउँदा बजेटपछि दुई दिनमा बजार ४ दशमलव ८ प्रतिशत घट्यो । पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने लगानीकर्ताले बताएका छन् । लगानीकर्ताले हाल तिरिरहेको पुँजीगत लाभकर अन्तिम नभएको अर्थ लाग्ने भाषा बजेटमा प्रयोग गरिएको छ । 

यसकारण करका विषयमा दुविधा उत्पन्न भयो । बुधवार आन्तरिक राजस्व विभागले सूचना जारी गरी लगानीकर्तालाई थप कर थोपर्ने नियत नभएको भनेपछि बिहीबार बजार केही सम्हालिएको अनुमान गरिएको छ । यद्यपि लगानीकर्ताहरूले भने आन्दोलन गर्ने घोषणा गरेका छन् ।

आज लगानीकर्ताले केही ब्रोकर हाउसमा गएर कारोबार बन्द गर्नसमेत आग्रह गरेका थिए । लगातार तीन दिन घटेको बजारमा पुनः अल्पकालीन कारोबारीहरू खरीदमा सक्रिय भएको पनि देखिन्छ । 

यस दिन २७२ धितोपत्रको ६१ लाख २८ हजार ६२१ कित्ता २९ हजार ९२२ पटकमा रू. १ अर्ब ६५ करोड बराबर कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ६ दशमलव ९४ प्रतिशत वृद्धि भई रू. २८६ दशमलव ६० पुगेको छ । त्यस्तै दोस्रोमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६ दशमलव शून्य ८ प्रतिशत बढेर रू. ४०२ दशमलव ९० पुगेको हो । 

बिहीवार सबैभन्दा बढी सनराइज फोकस्ड इक्वीटी फण्डको इकाई मूल्य ६ प्रतिशत घटेर रू. ७ दशमलव ८३ मा झरेको छ । त्यस्तै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५ दशमलव ४२ प्रतिशत घटेर रू. १ हजार ८९२ कायम भएको छ । यस दिन प्रभु बैंकको संस्थापक शेयरको सर्वाधिक रू. २३ करोड २१ लाख बराबर कारोबार भएको छ । त्यस्तै दोस्रोमा शिवम् सिमेन्ट्सको रू. ११ करोड २५ लाख बराबर कारोबार भएको छ । 

यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र बढेका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी १ दशलमव ९३ प्रतिशत बढेको हो । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६२, फ्लोट इन्डेक्स शून्य दशमलव ८८ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६० प्रतिशत वृद्धि भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)