ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्रीलंकामा ३ वर्षपछि ब्याजदर कटौती 

२०८० जेठ, १९  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कोलोम्बो । सन् २०२२ मा स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक संकटमा फसेको श्रीलंकाले बिहीवार तीन वर्षपछि पहिलोपटक ब्याजदरमा भारी कटौती गरेको छ ।

श्रीलंकाको केन्द्रीय बैंकले निर्णायक ब्याजदरलाई २ दशमलव ५ प्रतिशत विन्दुले घटाएर १४ प्रतिशतमा झारेको आधिकारिक तथ्यांकले देखाएको छ । गत महीना मुद्रास्फीति घटेर २५ दशमलव २ प्रतिशतमा झरेको तथ्यांकले देखाएपछि ब्याजदर कटौती गरिएको हो । अघिल्लो महीनाको तुलनामा मुद्रास्फीति करीब १० प्रतिशतले घटेको देखिएको छ । 

मौद्रिक बोर्डले मुद्रास्फीतिको कमी प्रक्षेपण गरेभन्दा छिटो कम भएकाले मौद्रिक अवस्थालाई सहज बनाउने निर्णयमा पुगेको जनाएको छ । एजेन्सी
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)