ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डिशहोमलाई आईएसओ गुणस्तर चिह्न प्राप्त

२०८० जेठ, १९  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । डीटीएच सेवा प्रदान गर्दै आएको डिश मिडिया नेटवर्क लिमिटेडले डेटा सेन्टर र इन्टरनेट सेवामा आईओएस प्रमाणीकरण प्राप्त गरेको छ ।

अमेरिकी क्वालिटी स्ट्यान्डर्ड रजिस्टे«चले योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मूल्यांकन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरीक्षण गरी हालै ‘आईओएस ९००१ः२०१५’ प्रदान गरेको कम्पनीले जानकारी दिएको छ ।

स्याटेलाइट टेलिभिजनमार्फत सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा सञ्चालन गरिरहेको कम्पनीको दाबी छ ।

सेवालाई विस्तार गर्ने क्रममा डेटा सेन्टर पनि सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ । कम्पनीले उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मूल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवालाई अझ सहज बनाउन देशैभर विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र चौबीसै घण्टा ग्राहक सेवा केन्द्र सञ्चालन गरिरहेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)