ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घोराही सिमेन्टद्वारा शेयर खरीदकर्तालाई आभार व्यक्त

२०८० जेठ, १९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले शेयर खरीदकर्ताहरूलाई आभार व्यक्त गरेको छ । लगानीकर्ताले शेयर खरीदमा उत्साहपूर्ण सहभागिता देखाएको भन्दै कम्पनीले उनीहरूलाई आभार व्यक्त गरेको हो । 

कम्पनीले वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि शेयर विक्री खुला गरेको थियो । 

कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको शेयर जारी गरेको थियो । जसमध्ये आयोजना प्रभावितका लागि ३ लाख ९७ हजार १९० कित्ता  र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता छुट्याइएको थियो ।

'सो शेयर खरीदका लागि प्रभावित क्षेत्रका बासिन्दाले देखाउनुभएको सहभागिता हाम्रो लागी महत्त्वपूर्ण रह्यो ।त्यसैगरी, सो सेयर खरिदका लागि देश बाहिर रहनुभएका वैदेशिक सेयर खरिदकर्ताले देखाउनु भएको उत्साहले हामीलाई थप हौसला बढाएको छ.' कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कम्पनीले निकट भविष्यमा सर्वसाधारणको लागि शेयर जारी गर्ने जानकारी दिएको छ । यसमा पनि लगानीकर्ताको सक्रिय र उत्साहपूर्ण सहभागिता रहने कम्पनीले विश्वास लिएको छ । 

त्रिवेणी समूहबाट प्रवर्द्धित घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेड क्लिंकर र सिमेन्ट उत्पादकका रुपमा स्थापित कम्पनी हो ।

उद्योगले हालै क्लिंकर र ग्राइन्डिङ उत्पादन क्षमता बढाएको विज्ञप्तिमा उल्लेख छ । उद्योगले क्लिंकर उत्पादन क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ उत्पादन क्षमता दैनिक ४ हजार टन पुर्‍याएको छ । यसअघि उद्योग क्लिंकर उत्पादन क्षमता दैनिक १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)