ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतको ओडिसामा रेल दुर्घटना हुँदा २३८ जनाको मृत्यु, ९०० भन्दा धेरै घाइते

२०८० जेठ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तीमा २३८ जनाको मृत्यु भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी ९०० जनाभन्दा धेरै यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । 

घटना शुक्रवार राति भएको थियो । घाइतेको उद्धारका लागि २०० भन्दा बढी एम्बुलेन्स परिचालन गरिएको छ ।  उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् । 

घटनाको अनुसन्धान गर्न एक समिति गठन गरिएको छ । समितिले काम शुरु गरिसकेको केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव जानकारी दिएका छन् । 

ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन् । रेलवेको खड़गपुर डिभिजनका डीआरएमका अनुसार रेल दुर्घटनापछि कम्तीमा १३ ओटा ट्रेन डाइभर्ट गरिएको छ । एजेन्सीको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)