ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विजेता खेलाडीलाई सिप्रदीयन सहायता संस्थाको सम्मान

२०८० जेठ, २१  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्वमूलक संस्था ‘सिप्रदीयन सहायता संस्था’ले हालै सम्पन्न ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२३’ का विजेता धावक मञ्जु रावत र दलबहादुर कुँवरलाई सम्मान गरेको छ ।

संस्थाले म्याराथनमा महिलातर्फ प्रथम भएकी रावतलाई रू. ७५ हजार र पुरुषतर्फ दोस्रो भएका कुँवरलाई रू. ५० हजार प्रदान गरेको हो । संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष राजनबावु श्रेष्ठ, महासचिव राजेशप्रसाद गिरी र कोषाध्यक्ष सौरभराज थपलियाले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता वृद्धि गर्ने उद्देश्यले संस्थाले विजेताहरू आबद्ध रहेको ‘कर्णाली स्पोटर्स क्लब’सँग विगत दुई वर्षदेखि सहकार्य गर्दै आएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष दाहालले प्रशिक्षकको अथक प्रयास, खेलाडीको कठोर मेहनतमा संस्थाले आर्थिक सहयोग गरेर जितसँग जोडिन पाउँदा गौरवान्वित भएको बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)