ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आइएमई पे ‘सिसा पीसीआईडीएसएस’ प्रमाणीकरण

२०८० जेठ, २१  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । आइएमई पेले हालै ‘सिसा पीसीआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ ।

यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीको दाबी छ । स्थापनाकालदेखि नै सेवाग्राहीको व्यक्तिगत जानकारी तथा विवरणको विशेष सुरक्षा गर्दै आएको कम्पनीले केही समययता सिसा इन्फरमेसन सेक्युरिटीमार्फत पीसीआई डीएसएसको मापदण्ड पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको बताइएको छ

उक्त प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिटपश्चात् नवीकरण गरिन्छ । यसै क्रममा यो वर्ष पनि आइएमई पेले सिसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्ड पुर्‍याएर नवीकरण गरेको छ । आइएमई पेले अन्तरराष्ट्रियस्तरको सुरक्षा प्रदान गर्दै आएको बताइएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)