ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थतन्त्रको आँखीझ्याल’ पुस्तक सार्वजनिक

२०८० जेठ, २१  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकलगायत विभिन्न पदमा बसेर काम गरेका डा गोविन्दबहादुर थापाको 'अर्थतन्त्रको आँखीझ्याल’ पुस्तक शनिवार सार्वजनिक गरिएको छ । 

कोरोना महामारीका कारण दिवंगत थापाको पुस्तक लेखन कार्य अधुरै रहेकोमा अहिले आएर पूरा गरिएको शनिवार पुस्तकको लोकार्पण कार्यक्रममा उनकी धर्मपत्नी तथा पुस्तक प्रकाशक डा। गोविन्दबहादुर थापा स्मृति प्रतिष्ठानकी अध्यक्ष इन्दिरा थापाले बताइन् । 

पुस्तकमा नेपाली अर्थतन्त्रका विविध आयाम केलाइएको छ । साथै अर्थतन्त्र सुधारका लागि गर्नुपर्ने उपाय पनि सुझाइएको छ । पुस्तकको लोकार्पण कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठका साथै नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरद्वय दीपेन्द्रबहादुर क्षेत्री र विजयनाथ भट्टराईले स्वर्गीय थापासँग काम गर्दाको अनुभव सुनाएका थिए ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थतन्त्र अप्ठ्यारोमा परेको अहिलेको अवस्थामा थापाका सोच र योजना समस्या समाधानमा उपयोगी 
हुने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)