ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आरएमडीसी लघुवित्त र हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

२०८० जेठ, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा दूई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेको ३२ लाख २६ हजार ७७२ दशमलव ४५ कित्ता बोनस शेयर र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६ लाख १५ हजार ९८३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो बोनस शेयर दुबै कम्पनीका सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । आरएमडिसी लघुवित्तले गत चैत १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)