काठमाडौं । काठमाडौं लगायत देशैभरि विगत केही दिन देखि गर्मी ह्वात्तै बढेको छ । चर्को गर्मीमा वसन्तपुर, न्युरोड र असन क्षेत्रमा किनमेल र घुम्नका लागि आउने मानिसहरु इन्द्रचोक तथा मखनमा रहेका लस्सी पसलमा झुम्मिन्छन्। लस्सी पिएर केही वेर शीतल महसुश गर्दछन । इन्द्रचोकमा मात्रै ४-५ वटा लस्सी पसलहरु छन । यहाँका व्यापारीका अनुसार ठुलो गिलासको ८० देखि १०० रुपैयाँ पर्छ भने सानो गिलासको ४५ देखि ५५ रुपैयाँ पर्छ ।
वृद्धवृद्धा, किशोर–किशोरी, बालबालिका सबैको मन लस्सीले लोभ्याएको छ । अझ विदेशीहरु पनि भीड देखेर मन थाम्न नसकि भीडमा सामेल हुन्छन । गर्मी मौसममा दिनको ३०० देखि ७०० गिलास विक्री हुने उक्त क्षेत्रमा दैनिक दुई,तीन लाख रुपैयाँबराबरको लस्सी बिक्री हुन्छ। भने, यहाँ सिजनमा मासिक ५० लाख रूपैयाँ भन्दाबढी लस्सीको कारोबार हुन्छ।
[तस्वीरमा हेर्नुहोस लस्सीमोह]
तस्वीरहरु: सुनिल शर्मा / आर्थिक अभियान