ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७५ प्रतिशत हकप्रद शेयर सोमवार देखि निष्कासन गर्दै हिमाल दोलखा 

२०८० जेठ, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि सोमवार अर्थात जेठ २२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब २० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गर्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरेको थियो ।

यसको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । योग्य आवेदनहरूले  असार १० गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । 
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै लगानीकर्ताले हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखामार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टेयर र एपमार्फतसमेत आवेदन दिन सकिने व्यवस्था छ । 
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको छ  । ७५ प्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ ।

कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाबाट २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाबाट २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन भइरहेको छ । माई खोला साना जलविद्युत आयोजनको कुल लाग रू. ७२ करोड ५१ लाख ४९ हजार रहेको छ भने माई साना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रहेको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)