ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एओजीको मार्की राइड : मइसुरसम्म ७ हजार किमी यात्रा

२०८० जेठ, २२  
विविध
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । टीभीएसको अपाचे अनर्स ग्रुप (एओजी)ले पहिलो अन्तरराष्ट्रिय मार्की राइड सम्पन्न गरेको छ । ‘राइड टु ओरिजिन’ नाराका साथ भारतको मइसुरमा रहेको टीभीएसको फ्याक्ट्रीसम्म १० जना नेपाली राइडर पुगेका हुन्, जसमा टीभीएस अपाचे सिरिजका १६०, २०० र ३१० सीसीका मोटरसाइकलको प्रयोग गरिएको थियो ।

गत फागुन ११ गतेदेखि शुरू भएको उक्त राइडमा नेपालसहित भारत र बंगलादेशका राइडर समेत सहभागी रहेको बताइएको छ । २२ दिने लामो त्यस यात्राका राइडरले भारतको प्रख्यात ‘मोटोसोल’ नामक कार्यक्रममा सहभागिता हुने र भारतमै रहेको टीभीएसको फ्याक्ट्रीको पनि भ्रमण गर्ने पनि मौका पाएका थिए ।

राइडका सहभागीले ७ हजार किलोमिटर लामो यात्रा गर्न सहज नभएको, यात्रा शारीरिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण रहेको अनुभव सुनाए । नेपाल र भारतको फर
क भूगोल, कलासंस्कृति र खानपानको अनुभव गर्न पाइएको सहभागीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)