ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशियाका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा छूट

२०८० जेठ, २२  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौंको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले विभिन्न सेवामा १५ प्रतिशतसम्म छूट उपलब्ध गराउने सहमति भएको छ ।

सोसम्बन्धी समझदारीपत्रमा बैंकका डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख विमल लम्साल र हस्पिटलका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

उक्त समझदारीअनुसार मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गर्ने ग्राहकले यो सुविधा लिन सक्ने बताइएको छ, जसअन्तर्गत स्पेशल डेन्टल सर्भिसमा ७ प्रतिशत, अपरेशन तथा जनरल डेन्टल सर्भिसमा १० र ल्याब, बेड (जेनरल वार्ड) तथा होल बडी चेकअपमा १५ प्रतिशत छूट पाइनेछ ।

डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानी बढीभन्दा बढी सेवाग्राहीमा पुर्‍याउने हेतुले बैंकले उक्त सहकार्य अगाडि बढाएको बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)