काठमाडौं । विश्व वातावर ण दिवस को अवस र मा नबिल बैंकले ‘दिगो घर कर्जा’ (सस्टेनेबल हाउजिङ लोन) योजना शुरू गरेको छ ।
वर्षात्को पानी संकलन तथा फोहोर पानीको पुनः प्रयोग, फोहोर व्यवस्थापन, कम ऊर्जा खपत हुने सामग्रीको प्रयोग, वै कल्पिक ऊर्जा र भूमिगत वातानुकूलन (एयर कन्डिसन) जस्ता सुविधास हितको वातावर णमैत्री घर निर्माण तथा पुनर्निर्माण गर्न बैंकले यस्तो कर्जा यो जना ल्याएको हो ।
यस अन्तर्गत ग्राहकले नयाँ घर निर्माण तथा पुरानो घरलाई वातावरणमैत्री पुनर्निर्माण गर्न कर्जा उपलब्ध गराउने छ । आधार दर मा १ प्रतिशत प्रिमियम जोडेर वा १० दशमलव ४९ प्रतिशत स्थिर ब्याजदर रहेको योजनाअन्तर्गत न्यूनतम ७ लाख रुपैयाँदेखि अधिकतम ५ करोडसम्म कर्जालगानी गर्ने बैंकले बताएको छ । यस्तै लगानीको अवधि ७ द खि २० वर्षतोकिएको छ ।
यसै गरी यस यो जनामा २ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड, कर्जासेवाशुल्कमा छूट जस्ता विषेशता छन् । हाल बैंकले कर्जा यो जनाका लागि वै कल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र स्मार्ट पानीसँग सहकार्य गरेको छ । आगामी दिनमा अन्य संस्थाहरूसँग स मे त स हकार्य गर्ने बैंकको यो जना छ ।
आइतवार एक कार्यक्रमका बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले कर्जा यो जनाको शुरुआत गरे । बैंकले वित्तीय स्रोतसँगै जनचेतनाको उद्देश्य सहित कर्जा योजना बनाएको जानकारी दिए । यस बाट बैंकको व्यवसाय विस्तार का साथै वातावर ण संर क्षणमा पनि यो गदान पुग्ने उनले बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ( ीईओ ) ज्ञानेन्द्र ढुंगानाले दिगो बैंकिङयो जनाअनुसार होमलोन बनाइएको जानकारी दिए । बैंकले दिगो बैंकिङ शाखा नै बनाएर काम गरि रहेको र आगामी दिनमा यस्ता यो जनास मे त ल्याउने बताए । हाल बैंकले ६ हजार २०० ऋणीलाई घर निर्माणका लागि २५ अर्ब रुपै याँ घर कर्जा लगानी गरेको छ ।