ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्व वातावरण दिवसको अवसरमा विद्युतीय सवारी साधनको ‍‌र्‍याली

२०८० जेठ, २२  
समाचार Slider फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा राजधानीमा सोमवार विद्युतीय सवारी साधन ‍‌र्‍याली गरिएको छ । भविष्यको तयारी, विद्युतीय सवारी नाराका साथ विद्युतीय सवारी प्रवर्द्धन गर्ने उद्देश्यले विद्युतीय परिवहन निर्माता तथा आयात संघ,नेपाल र वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागको संयुक्त आयोजनामा र्‍याली गरिएको हो ।

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोको प्रमुख आतिथ्यमा र्‍याली शुरू गरिएको थियो ।  आयोजकका अनुसार भृकुटीमण्डपबाट शुरू भएको र्‍याली शहिदगेट, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर चोक, तीनकुने, एयरपोर्ट, गौशाला, चाबहिल, नारायण गोपाल चोक, पानी पोखरी, लाजिम्पाट, जमल, घण्टाघर हुँदै पुनः भृकुटीमण्डपमा पुगेर समापन भएको थियो ।  त्यस क्रममा विद्युतीय कार, स्कुटर, मोटरसाइकल, टेम्पो, बसलगायत सवारी साधन प्रयोग गरिएको थियो । यो वर्षको वातावरण दिवसको नारा ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौंः वातावरण मैत्री विकल्पको उपयोग गरौं’ भन्ने रहेको छ ।

तस्वीरहरू : सुनिल शर्मा / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)