ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढेको बजारमा कारोबारी हाबी हुँदा घट्यो नेप्से, समूहगत परिसूचकहरू राताम्मै

२०८० जेठ, २२  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कर विवाद सुल्झिएसँगै आइतवार ५३ अंक बढेको बजार सोमवार भने घटेको छ । कारोबारीहरूले प्रोफिट बुक गरेसँगै सोमवार बजारमा करेक्सन भएको देखिन्छ ।

यसो त नेप्से परिसूचक घटे पनि कारोबार रकम भने आइतवारको तुलनामा बढेको छ । पछिल्लो समय कारोबारीहरूले बजार केही बढ्ने बित्तिकै प्रोफिट बुक गर्न थालेकोले एक/दुई दिन बढ्ने बित्तिकै करेक्सन हुने गरेको छ । अर्थ मन्त्रालयले आइतवार हाल कायम रहेको ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने निणर्य गरेसँगै बजारमा खरीदकर्ता बढेका थिए ।

बढेको बजार एक दिन घट्नु सामान्य रहेको जानकारहरू बताउँछन् । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ, ब्याजदर पनि बिस्तारै घट्ने देखिन्छ । यसले शेयर बजारमा सकारात्मक प्रभाव पर्ने विश्लेषकहरू बताउँछन् । 

साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक शून्य दशलमव ९१ प्रतिशत अर्थात् १७ दशमलव ३८ अंक घटेको छ । परिसूचक १ हजार ९०१ दशमलव ९९ विन्दुमा कायम भएको छ । यस दिन २७७ धितोपत्रको ५६ लाख २० हजार ३८१ कित्ता ३६ हजार ५६८ पटकमा रू. १ अर्ब ९७ करोड बराबर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका धितोपत्रमध्ये रिभर फल्स पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २९४ दशमलव ९८० पुगेको हो । त्यस्तै दोस्रोमा ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाई मूल्य ५ दशमलव ८८ प्रतिशत बढेर रू. ९ दशमलव ३७ पुगेको छ । 

सोमवार शिवम् सिमेन्ट्सका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य ४ दशमलव ५० प्रतिशत घटेर प्रतिकित्ता रू. ४६५ मा झरेको छ । त्यस्तै दोस्रोमा जोशी हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ३४ प्रतिशत घटेर रू. २८० कायम भएको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. १९ करोड ८९ लाख बराबर कारोेबार भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको रू. ९ करोड ९८ लाख बराबर कारोबार भएको छ । समूहगत परिसूचक सबै घटेको छन् । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ दशमलव ४६ प्रतिशत घटेको छ । यस समूहको कम्पनी शिवम् सिमेन्ट्सको शेयर मूल्य धेरै घटेकोले समूहगत परिसूचक पनि घटेको हो । 

सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७९, फ्लोट इन्डेक्स शून्य दशमलव ८९ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६८ प्रतिशत घटेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)