ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महतको जवाफमा ओलीको चित्त बुझ्यो, 'मन्त्रीज्यूको कसम खाने बानी रहेनछ 'बेनिफिट अफ डाउट दिऊँ'

२०८० जेठ, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेकपा एमालेले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नभएको स्पष्टीकरण दिएका अर्थमन्त्रीको जवाफमा एमालेले चित्त बुझाएको छ ।

संसद्‍मा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्री महतको कसम खाने बानी नभएको भन्दै शंकाको सुविधा दिएको बताए । ‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहनेछ, राम्रो लाग्यो,' उनले भने, ‘उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ ।’

करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश भएको समाचार आएपछि एमालेलेका प्रमुख सचेतक पदम गिरीले संसद्‍मा प्रश्न उठाएका थिए ।

त्यसपछि  स्पष्टीकरण दिएका अर्थमन्त्री डा. प्रकाशशरण महतले कर आफैंले हेरफेर गरेको र अनधिकृत व्यक्तिलाई प्रवेश नदिएको तर अनुभवी पूर्व-कर्मचारीलाई इन्ट्री गर्न मात्रै दिएको स्पष्टीकरण दिएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)