ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एकपटक चार्ज गर्दा २ घण्टा मात्रै चल्ने एप्पलको हेडसेट : मूल्य साढे ४ लाख रुपैयाँ !'

२०८० जेठ, २३  
अन्तरराष्ट्रिय प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले लामो समयदेखि प्रतिक्षा गरिएको अगमेन्टेड रियालिटी हेडसेट सार्वजनिक गरेको छ । कम्पनीले सोमवार विश्वव्यापी डेभरपर कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी)मा मिक्स्ड रियालिटी हेडसेट सार्वजनिक गरेको थियो । 

सामाजिक सञ्जाल कम्पनी फेसबुकको मातृ कम्पनी मेटालाई टक्कर दिन कम्पनीले सो हेडसेट ल्याएको हो । सोही दिन कम्पनीले नयाँ अपरेटिङ सिष्टम र म्याकबुक एयर ल्यापटपको अपडेट पनि ल्याएको छ । 

भिजन प्रो यो कम्पनीले सन् २०१५ यता ल्याएको महत्वपूर्ण प्रडक्ट भएको विश्लेषण गरिएको छ यसको मूल्य ३ हजार ४९९ डलर रहेको छ । मूल्य अहिले बजारमा उपलब्ध हेटसेटको भन्दा कयौं गुणा बढी हो । गएको हप्ता मेटाले क्वेष्ट नामक हेडसेट सार्वजनिक गरेको थियो । यसको मूल्य ४४९ डलर मात्रै थियो । 

यो हेडसेट आगामी वर्षको शुरुदेखि अमेरिकामा विक्रीका लागि उपलब्ध हुने कम्पनीले बताएको छ । प्रविधिलाई हेर्ने हाम्रो तरिका अनि हाम्रो जीवनमा प्रविधिको भूमिका फेरिदिने निश्चित प्रडक्ट हुनछन् । भिजन प्रो यस्तै प्रडक्ट मध्ये एक हुने आशा कम्पनीले गरेको एप्पलका प्रमुख कार्यकारी अधिकारी (सीईओ) टिम कुकले भनेका छन् । 

कम्पनीले वर्षौदेखि सो प्रडक्ट बनाइरहेको थियो । मेटाको क्वेष्ट लगायत अन्य उपकरणहरु भर्चुअल रियालिटी–फस्र्ट प्रडक्ट हुन् । तर भिजन प्रोले भने प्रयोगकर्तालाई वर्तमानमा मिश्रीत वास्तविकतामा राख्ने बताइएको छ । हेडसेट एक पटकको चार्जमा २ घन्टासम्म चल्ने कम्पनीको भनाइ छ ।

यो प्रडक्टमा विवरणमा कम्पनीले अगमेन्टेड रियालटी शब्दको प्रयोग गरेको छ । प्रडक्ट अति नै महँगो भएकोले यसले आम उपभोक्ताहरुलाई आकर्षित गर्नेमा भने शंका गरिएको छ । भिजन प्रो पहिलो पुस्ता भएकोले यसमा त्रुटीहरु पनि हुन सक्ने बताइएको छ । यो उपकरणलाई आँखा, हात र आवाजले नियन्त्रित गर्न सकिनेछ ।

हालैका वर्षमा विश्वमा हेडसेटको विक्री घटेको छ । बजारमा आफ्नो स्थान बनाउन नयाँ उपकरणलाई केही समय लाग्छ । एप्पलको यो प्रडक्टलाई पनि समय लाग्ने विश्लेषकहरु बताउँछन् ।

मेटाभर्स र यो जस्तै अनुभवमा एआर/भीआर स्पेसलाई बढाइचढाइ गरेर पेश गरिँदै आएको छ । यसका कारण पनि एप्पलको नयाँ हेडसेटलाई आफ्नो लागि स्थान बनाउन समय लाग्ने अनुमान गरिएको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)