ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल लाइफका ६ हजार अभिकर्ता प्रशिक्षित

२०८० जेठ, २३  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातओटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले कोशी प्रदेशका बिर्तामोड र इटहरी, मधेश प्रदेशका वीरगञ्ज र मिर्चैया, बागमती प्रदेशका नारायणगढ, भक्तपुर र काठमाडौंमा प्रशिक्षण कार्यक्रम गरेको हो ।

त्यस्तै गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको टीकापुर र अत्तरियामा पनि प्रशिक्षण कार्यक्रम गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रशिक्षणमार्फत ६ हजारभन्दा बढी अभिकर्ता प्रशिक्षित भएको बताइएको छ । सो अवसरमा उत्कृष्ट व्यवसाय गर्ने करीब एक हजार अभिकर्तालाई सम्मान गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अभिकर्ताको क्षमताको विकास गर्ने हेतुले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)