ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाँच वर्ष पुरानो नगद लाभांश बुझ्न चिलिमे हाइड्रोपावरको आग्रह 

२०८० जेठ, २४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश बुझ्न सम्बन्धित लगानीकर्तामा सूचना जारी गरेको छ ।

कम्पनीले बुधवार सूचना जारी गर्दै २०७४ साल कात्तिक २४ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश जतिसक्दो चाँडो बुझ्न सदस्यहरूलाई आग्रह गरेको हो । सूचना प्रकाशित भएको मितिले एक महीनाभित्र आफ्नो बक्यौता नगद लाभांशका लागि कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडको नारायणचौर नक्साल, काठमाडौं कार्यालयमा सम्पर्क राखी बुझ्न कम्पनीले भनेको हो ।

तोकिएको समयभित्र पनि नगद लाभांश नबुझेमा बाँकी नगद लाभांश कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारीसमेत कम्पनीले गराएको छ । कम्पनीले आर्थिक वर्ष ०७३/७४ को नाफाबाट करसमेत १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)