ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आशा लघुवित्तले राष्ट्रउत्थान लघुवित्तलाई प्राप्ति गर्न सैद्धान्तिक सहमति पायो

२०८० जेठ, २४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्त वित्तीय संस्थालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

राष्ट्र बैंकले जेठ २३ गते दुई कम्पनीबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो । यसअघि यी दुवै कम्पनीले संयुक्त रूपमा प्राप्ति प्रक्रियामा सैद्धान्तिक सहमतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए ।

यी दुई कम्पनीबीच गत चैत २९ गते प्राप्ति प्रक्रिया अगाडि बढाउने प्रारम्भिक सम्झौता भएको थियो । दुवै कम्पनीका सञ्चालक समितिका अधिकारीहरूले प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्र हस्ताक्षर गरेका थिए । राष्ट्र उत्थान लघुवित्तको चुक्तापूँजी रू. २५ करोड ९९ लाख  रहेको छ भने आशा लघुवित्तको रू. ३८ करोड १६ लाख रहेको छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)