ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कहिलेसम्म कायम शेयरधनीले नेशनल हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिन पाउँछन् ?

२०८० जेठ, २४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको छ ।

कम्पनी सञ्चालक समितिको आज बिहान ८ बजे बसेको बैठकले बुक क्लोजको मिति तय गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि असार १ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा जेठ ३२ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्कासनको लागि कम्पनीले सेबोनमा निवेदन दिइसकेको छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले ८२ लाख २१ हजार ४५९ दशमलव ७१ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)