ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थतन्त्रका सिद्धान्तमा उल्टो बाटो हिडिरहेको टर्कीको मुद्रा इतिहासकै कमजोर

२०८० जेठ, २४  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । टर्किश मुद्रा लिरा अहिलेसम्मकै कमजोर बनेको छ । बुधवार प्रति डलर लिराको भाउ ७ प्रतिशतले घटेको छ । उक्त दिन मुद्रा बजारमा डलर लिरा विनिमय दर २३ दशमलव १३ लिरा कायम भएको थियो । लिराको भाउमा देखिएको यो सेलअफ सन् २०२१ को ऐतिहासिक कमीयताकै ठूलो हो ।

नवनिर्वाचित सरकारले विदेशी विनिमय बजारमा आफ्नो पकड खुकुलो बनाउँदै गर्दा लिराको भाउमा व्यापक उथलपुथल आएको हो । मे २८ मा राष्ट्रपति रेसेप तैय्यप एर्दोआन पुनःनिर्वाचित भएयता नै लिराको भाउ दबाबमा छ । यो वर्ष शुरु भएयता डलरको तुलनामा लिराको भाउ १९ प्रतिशतभन्दा धेरैले घटिसकेको छ । एर्दोआनले सप्ताहन्तमा नयाँ मन्त्रीमन्डलको घोषणा गरेका थिए ।

उनले पूर्व उपप्रधानमन्त्री मेहमेत सिमसेकलाई अर्थमन्त्री बनाएका थिए । आर्थिक नीतिलाई तार्किक धरातलमा फर्काउनु पर्ने सिमसेकले बताएका थिए । उनको नियुक्तिलाई विदेशी लगानीकर्ताहरुले स्वागत गरेका छन् ।

लगानीकर्ताहरु अहिले केन्द्रीय बैंकमा नयाँ आउने गभर्नरको पखाईमा छन् । महँगी आकाशिरहेको बेलामा विश्वभर धमाधम ब्याजदर वृद्धि भइरहेको बेलामा एर्दोआनको निर्देशनमा टर्किश केन्द्रीय बैंकका वर्तमान गभर्नर सहाप काभसियोग्लुले आक्रामक रुपमा ब्याजदर घटाएका थिए ।

यही तालमा लिराको भाउ घटेमा विनिमय दर २५–२८ तिर झर्न  सक्ने केही विश्लेषकहरुले बताएका छन् । सन् २०२१ मा आर्थिक वृद्धिदर बढाउन र लगानीलाई टेवा निद एर्दोआनको आदेशमा केन्द्रीय बैंकले ब्याजदर १९ प्रतिशतबाट घटाएर साढे ८ प्रतिशतमा झारेको थियो । एर्दोआनले ब्याजदरलाई शत्रुको संज्ञा दिएका थिए । तर यो कदमपछि सन् २०२१ को डिसेम्बरमा लिराको भाउ ऐतिहासिक न्यून स्तरमा झर्यो ।

गएको वर्ष महँगी ८५ प्रतिशतमा उक्लियो । यो २४ वर्षयताकै उच्च थियो । अर्थमन्त्रालय सिमसेकले सम्हालेसँगै टर्की अपरम्परागत आर्थिक तथा मौद्रिक नीतहरुबाट विस्तारै टाढिने संकेत मिलेको छ । महँगी नियन्त्रण गर्न ब्याजदर बढाउनुको सट्टा उल्टै ब्याजदर घटाउने सरकारी नीतिका कारण गएको ५ वर्षमा डलरको तुलनामा लिराको भाउ ८० प्रतिशतभन्दा धेरैले घटेको थियो । समाचारहरुलाई पत्याउने हो भने एर्दोआनले अमेरिकामा वरिष्ट वित्त अधिकारीका रुपमा कार्यरत् हाफिज गाय एर्कानलाई केन्द्रीय बैंकको गभर्नर बनाउँदैछन् ।

जुन ५ मा एकार्न र सेमसेकबीच आंकारामा भेटघाट समेत भएको थियो । एर्कान ५ वर्षयताका चौथो गभर्नर हुनेछन् । एक वर्षभन्दा बढी समययता विदेशी लगानीकर्ताहरु धमाधम टर्कीको पूँजी बजारबाट पलायन भइरहेका छन् । एर्दोआन विस्तारै परम्परागत नीतितिरै फर्किन सक्ने आशा बढेकै समयमा लगानीकर्ताहरुको बहिगर्मन रोकिने अपेक्षा बढेको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)