ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेकले क्रिप्टो एक्सचेञ्ज कम्पनीहरूमाथि हाल्यो मुद्दा, क्वाइनबेसको शेयर मूल्य २१ प्रतिशतले घट्यो

२०८० जेठ, २४  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । अमेरिकी शेयर बजार नियामक सेक्युरिटी एक्सचेञ्ज कमिशन (सेक)ले दर्ता नगरीकन क्रिप्टो एक्सचेञ्ज चलाइरहेका कम्पनीहरूमाथि मुद्दा हालेको छ । सेकले मंगलवार अमेरिकाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेञ्ज कम्पनी क्वाइनबेसमाथि मुद्दा दायर गरेको थियो ।

सेकले अघिल्लो दिन बाइनान्स र यसका सीईओ छाङफेङ चाओमाथि अमेरिकामा अनधिकृत रुपमा क्रिप्टो एक्सचेञ्ज चलाएको र अमेरिकाको नियमन उल्लंघन गरेको भन्दै मुद्दा हालेको थियो । मुद्दा न्यूयोर्कको एक अदालतमा दायर भएको छ ।

यी कम्पनीहरूले कम्तिमा सन् २०१९ देखि क्वाइनबेसलाई ब्रोकरको रुपमा चलाएको, दर्तै नगरीकन विनिमयको काम गरेको र क्लियरिङ एजेन्सी चलाएको मुद्दामा आरोप लगाइएको छ ।

मुद्दामा क्वाइनबेस प्राइम र क्वाउनबेस वालेटको नामसमेत मुछिएको छ । सेकले मुद्दा हालेपछि मंगलवार नियमित करोबारमा क्वाइनबेसको शेयर मूल्य २१ प्रतिशतले घटेको थियो । बाइनान्समाथि मुद्दा दायर भएपछि अघिल्लो दिन पनि क्वाइनबेसको शेयर मूल्य ९ प्रतिशतले घटेको थियो । 

सेकले लामो समयदेखि डिजिटल टोकन कुनै सेक्युरिटिज नभएको अनि यसलाई आफूले नियमन गर्नु नपर्ने तर्क दिँदै आएको छ । सेकले क्रिप्टो एक्सचेञ्जहरूमाथि मुद्दा हालेसँगै क्रिप्टोकरेन्सीमा कुनै न कुनै रुपले रूपान्तरण आउने विश्लेषण गर्न लागिएको छ । सेकको मुद्दाले जुन रुप लिएपछि यसले क्रिप्टो उद्योगलाई थप स्थिर र विश्वास गर्न लायक बनाउन सक्ने बताइएको छ ।

मंगलवारको मुद्दामा सेकले नागरिकहरूलाई क्षतिपूर्ति दिलाउन खोजेको छ । सन् २०१२ मा सञ्चालनमा आएको क्वाइनबेसमा झन्डै ११ करोड प्रयोगकर्ता छन् । मार्चसम्ममा यसको बासलातमा प्रयोगकर्ताको १ खर्ब ३० अर्ब डलर बराबरको क्रिप्टो सम्पत्ति र कोष थियो । एजेन्सी
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)