ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतको सबैभन्दा मूल्यवान ब्रान्ड बन्यो 'टाटा', कति छ 'मार्केट भ्यालुएशन' ?

२०८० जेठ, २४  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । भारतीय व्यापारिक समूह टाटा सबैभन्दा मूल्यवान भारतीय ब्रान्डको रुपमा रहेको छ । ब्रान्ड फाइनान्सले सार्वजनिक गरेको ग्लोबल -५००, २०२३ शीर्षकको प्रतिवेदनका अनुसार टाटा समूहले सबैभन्दा मूल्यवान भारतीय ब्रान्डको उपाधि जितेको छ । टाटा समूहको ब्रान्ड भ्यालु २६ अर्ब ४० करोड डलर रहेको छ ।

ब्रान्ड मूल्य २५ अर्ब डलर नाघ्ने टाटा ग्रुप पहिलो भारतीय ब्रान्ड हो । ब्रान्ड फाइनान्सको ग्लोबल५०० मा विश्वभरका सबैभन्दा मूल्यवान ५०० कम्पनीहरुको ब्रान्ड र्‍याङ्किङ दिइएको छ ।  कोरोना भाइरसको महामारीपछि कारोबार पद्धतीमा भएको परिवर्तन र भू-राजनीतिक अनिश्चियबीच पनि भारतका शीर्ष १०० मूल्यवान ब्रान्डहरुमा लोभलाग्दो  प्रगति भएको छ । यिनीहरुको कूल मूल्य २० खर्ब डलर नजिक पुगेको छ ।

टाटा समूहले डिजिटल माध्यममा आफ्नो फोकस बढाइरहेको छ । डाइभर्स पोर्टफोलियोमा प्रविधिको व्यापक प्रयोगको योजना समूहले बनाएको छ । विश्व स्तरमा सस्टेनेबलिटी परसेप्शन भ्यालुमा टाटा समूह ४९ औं स्थानमा छ । लगातार दोस्रो वर्ष पनि ताजले यो उपाधी पाएको हो । ताज ग्रुपको ब्रान्ड मूल्य ३७ करोड ४० लाख डलर रहेको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)