ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

के नेपालमा पनि टुँडिखेल मासेर घर बनाउने दिन आउलान् ?

जग्गा अभावबीच सिंगापुरले मास्यो १८० वर्ष पुरानो टुँडिखेल

२०८० जेठ, २५  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंमा कतै पनि नयाँ घर बनाउन जग्गै पाइएन, भेटिएन भने कुनै दिन टुँडिखेल मासेर घर बन्ने स्थिति आउला त ? जग्गै नपाएर टुँडिखेल मासिने दिन त आउला/नआउला, हाम्रा नेता र कर्मचारी मिलेर यस्ता दर्जनौ टुँडिखेल अहिले पनि मासिएकै छन् । यो टुँडिखेल मासिन काठमाडौंमा जग्गै नपाउने स्थिति आउनु पर्दैन ।

सिंगापुरले नयाँ भवन बनाउन जग्गा नपाएको भन्दै देशको एक मात्रै घोडा क्लब बन्द गर्दैछ । सिंगापुरमा घोडा दौड प्रतियोगिता हुन थालेको १८० वर्ष भयो । तर अब यस्ता प्रतियोगिता निकट भविष्यदेखि नै देख्न पाइनेछैन । सार्वजनिक घर बनाउन सिंगापुरले आफ्नो एक मात्रै रेस कोर्स बन्द गर्न लागेको हो ।

शहरको सो निर्णयप्रति सिंगापुर टर्फ क्लबका अध्यक्ष नियाम चियाङ मेङ दुःखी छन् । तर उनले सिंगापुरको जग्गाको आवश्यकता राम्ररी बुझेका छन् । रेस कोर्समा अन्तिम प्रतिस्पर्धा सन् २०२४ को अक्टोबर ५ मा हुनेछ । त्यसपछि सो कोर्सलाई सन् २०२७ मा पुनःविकासका लागि नगर सरकारलाई दिइनेछ । जग्गाको चरम अभावबीच सरकारले निरन्तर जग्गाको पुनः प्रयोगको समीक्षा गर्दै आएको छ ।

सिंगापुरमा घोडा दौडको लोकप्रियता घट्दै आएको छ । पछिल्ला वर्षहरुमा प्रतियोगिता हेर्ने दर्शकको संख्या पनि घटेको छ । सिंगापुर टर्फ क्लबको स्थानपना १८४२ मा भएको थियो । प्रतियोगिताको लोकप्रियता बढ्दै गर्दा रेस कोर्स सार्दै सार्दै अहिलेको स्थानमा ल्याइएको थियो । चरम अभावबीच अहिले सिंगापुरमा घरजग्गाको भाउ तीव्र दरमा बढिरहेको छ ।

सार्वजनिक हाउजिङ प्रणालीका कारण ८० प्रतिशत सिंगापुरेहरुसँग आफ्नै घर छ । सरकारले आफैंले अपार्टमेन्टहरु बनाएर नागरिकहरुलाई सहुलियत दरमा बेच्ने गरेको छ । पछिल्लो समय यस्ता घरको माग झनै बढेको छ । न्यूनतम् अवधि बसेपछि बेच्न मिल्ने घरको संख्या गएको तीन वर्षमा ३० प्रतिशतभन्दा धेरैले बढेको छ ।

हालै अर्बन ल्यान्ड इन्ष्टिच्यूट (यूएलआई)ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शहरमा निजी घर भाडा बजारमा घरको भाउ गत वर्ष मात्रै ३० प्रतिशतले बढेर मासिक औसत २ हजार ६०० पुगेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)