ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टिप्पणी : विदेशमा बीमा कम्पनीका शाखा

२०८० जेठ, २५  
टिप्पणी
Aarthik Abhiyan 18th Anniversary Image Not Found

बीमा कम्पनीहरू धमाधम मर्जर भई ठूलो आकारमा परिणत भइरहँदा उनीहरूको व्यवसाय विस्तारका लागि मुलुकबाहिर समेत शाखा खोल्न सक्ने कानूनी व्यवस्था गरिएको छ । यतिखेर ठूलो संख्याका नेपाली विदेशमा छन् । त्यसैले उनीहरूलाई बीमाको दायरामा ल्याउन नेपाली कम्पनी त्यहाँ पुग्नुपर्ने हुन्छ । त्यसका लागि नियामक निकायले विदेशमा शाखा खोल्न पाउने व्यवस्था पनि गर्‍यो । तर, बीमा कम्पनीहरू शाखा खोल्न अनिच्छुक देखिएका छन् ।

नेपालका बीमा कम्पनीहरूले कानूनी बाध्यताका कारण व्यवसाय बढाउन नसकेको तथ्यलाई नकार्न सकिँदैन । कम्पनीहरूले आफ्नै व्यावसायिक रणनीतिअनुसार व्यवसायको विस्तार गर्ने कार्यमा सफलता पाउनुपर्ने हुन्छ । कतिपय बीमा कम्पनीले व्यावसायिकता बढी देखाएको पनि पाइन्छ । कतिपय कम्पनीले अझैं धेरै कुरा सुधार गर्नुपर्ने देखिन्छ ।

बीमा प्राधिकरणले विदेशमा शाखा खोल्ने नीति लिएपछि केही कम्पनीले खर्च बढ्न सक्ने बताएका छन् । खर्च बढ्छ भनेर सेवा विस्तार नगर्ने भन्ने हुँदैन । कुनै पनि व्यवसायका लागि सेवा विस्तार अनिवार्य जस्तै हुन्छ । पक्कै पनि बीमा कम्पनीले यस्तो अवधारणा बुझेका होलान् । तैपनि विदेशमा शाखा खोल्न किन अनिच्छुक देखिए भन्ने कुरा विचारणीय छ ।

नियामक निकायले अनुमति दिएपछि किन कार्यान्वयन हुन सकेन भन्नेतिर ध्यान जान आवश्यक देखिएको छ । काम गर्नका लागि हुने अवरोध वा अप्ठ्यारा छन् भने सहज गरिदिनुपर्छ । त्यस्तो अप्ठ्यारो केही छैन भने पनि नयाँ कार्यक्रम ल्याउनुको औचित्य बताउँदै यसबाट हुनसक्ने लाभको जानकारी दिनु पनि नियामकको दायित्व भित्रै पर्छ । 
बीमा कम्पनीहरू आन्तरिक बजारमै बलियो नभई अन्तरराष्ट्रिय बजारमा जान कठिन हुन्छ । विदेशमा लागत पनि बढी पर्छ ।

नेपालीहरूको बाहुल्य रहेको क्षेत्रमा बीमा कम्पनी जान सहज हुन सक्ला तर विदेशको नियामकीय मापदण्ड र शर्त पूरा गर्न नेपाली कम्पनीको क्षमता बढाउनुपर्ने हो भने पनि त्यतातर्पm लाग्नुपर्छ । क्षमता विस्तारले नै प्रतिस्पर्धामा निखारता ल्याउने भएकाले विदेशमा शाखा खोल्न पाउने व्यवस्थालाई अवसरका रूपमा लिई लाभ लिन सक्नुपर्छ । यसो हुँदा विदेशमा रहेका नेपालीलाई पनि सहज हुन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)