काठमाडौं । नेपालमा कागज उत्पादनको लामो इतिहास भए तापनि यो उद्योग वर्तमान माग अनुसार स्तरोन्नति र विस्तार हुन सकेको छैन । त्यसो हुँदा देशमा अबौं रुपैयाँ बराबरको रकम कागज आयातका लागि बाहिरिने गरेको छ ।
आर्थिक वर्ष २००८/०९ मा रू. ४ अर्ब २० करोड बराबरको कागज आयात भएकोमा करीब ४ गुणा बढेर आर्थिक वर्ष २०२१/२२ मा रू. १६ अर्ब ३१ करोड पुगेको छ । यसै अवधिमा कागजको आयात परिमाणमा भने ठीक विपरीत अवस्था देखिएको छ । आर्थिक वर्ष २००९ / १० मा ४ लाख ४० हजार २८० मेट्रिक टन कागज आयात भएकोमा आर्थिक वर्ष २०२१/२२ मा १ लाख ३ हजार २९३ मेट्रिक टन पुगेको छ ।
नेपाली हाते कागजको व्यापक उपयोग हुन सकेको छैन । साथै देशमा स्थापित आधुनिक कागज कारखानामा उत्पादित कागज बाह्य देशमा उत्पादित (आयातित ) कागजसँग प्रतिस्पर्धी हुनेगरी अनुदान, सहयोग र कागज उद्योगमैत्री नीति तर्जुमा हुन नसक्दा आयातमा यस प्रकारको विषमता देखिएको छ ।